+
+

४०० मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १०:२५

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्ड टाइमिङ सहित कास्य जिते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?