+
+

टेबल टेनिसको पुरुष एकलमा स्यान्टूले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १०:५१
स्वर्ण पदकसहित स्यान्टू । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२ कात्तिक, पोखरा । नेपाल पुलिस क्लबका स्यान्टू श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् ।

पोखरामा आज (बुधबार) बिहान भएको फाइनलमा स्यान्टूले एपीएफका रुवेन महर्जनमाथि ४-१ को सेटमा सहज जित निकाले । उनले ११-८, ११-७, ११-९, ६-११ र ११-६ को सेटमा फाइनल जितेका हुन् ।

२ महिनाअघि अष्ट्रेलिया पुगेका स्यान्टू नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि नेपाल आएका हुन् ।

नेपाल पुलिसका लागि खेलेका स्यान्टूले नवौं राष्ट्रिय खेलकुदमा जितेको यो तेश्रो स्वर्ण जिते । उनले पुरुष टिम र पुरुष डवल्समा पनि स्वर्ण जितेका थिए ।

राष्ट्रिय खेलकुदको पुरुष एकलमा स्यान्टूले स्वर्णको ह्याट्रिकसमेत गरेका छन् । उनले सातौं राष्ट्रिय खेलकुदमा १५ वर्षकै उमेरमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?