+
+

तनहुँमा सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १३:१७

२ कात्तिक, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।

शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

मृतक सुवेदीलाई दुई सय भन्दा बढी सिंगुसले टोकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?