+
+

बेलबारी गोल्डकप कात्तिक दोस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १८:५३

२ कात्तिक, विराटनगर । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक दोस्रोसाता सञ्चालन गरिने भएको छ ।  प्रतियोगिता कात्तिक १५ गतेबाट २५ गतेसम्म सञ्चालन गरिने भएको हो  ।

पाँचौं संस्करणको प्रतियोगितामा पुरस्कार राशी पनि बढाइएको छ ।  गोल्डकप आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विजेता र उपविजेता टिमले पाउने पुरस्कारको राशीमा वृद्धि गरिएको जानकारी दिएको हो । यो पटक  विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार पुरस्कार पाउनेछन् । यसअघि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए   ।

प्रतियोगिता लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगितामा नेपालका ७ र विदेशी ३ सहित १० टिमको सहभागिता जनाउने  आयोजक डागिहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

प्रतियोगितामा रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको आमुक्त परिवार वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ एवं एभिनियर फुटबल क्लब क्यामरुनले सहभागिता जनाउनेन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?