+
+

नवौं राष्ट्रिय खेलकुदको जुडोमा आर्मीकै बर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते २०:०२

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । बुधबार सात स्पर्धाको फाइनल भएको हो ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्रको हलमा भएको प्रतियोगितामा आर्मीले महिला पुरुषमा २/२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १ र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् ।

८१ केजीमुनी तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्लबका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कांस्य पदकमा चित्त बुझाएका हुन् ।

९० केजीमुनी तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण जिते । नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार साह कानु र सुदूरपश्चिमका सुरेश गिरीले कांस्य जिते ।

१०० केजीमुनी तौल समूहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जिते । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कांस्य पदक जिते ।

१०० केजीमाथि तौल समूहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते । सेमिफाइनलमा हारेपछि बागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले कांस्यमा चित्त बुझाए ।

७० केजीमुनि तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कांस्य पदक प्राप्त गरेका छन् ।

७८ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् ।

७८ केजीमाथि उमेर समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले कांस्यमा चित्त बुझाए ।

मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो । नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?