+
+

टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १५:२४

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।

२ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

सार्वजनिक कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्र्याण्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । ३१ असोजदेखि सुरु भएको यो मेला ५ कात्तिकसम्म चल्ने छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा ७ हजार रुपैयाँ बढीको मूल्य पाउने छन् । साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश रहेको कम्पनीले बताएको छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको जनाइएको छ ।

SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फम मार्फत सञ्चालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।
युवा वर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्गसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ । जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाइएको छ । यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्नुका साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?