+
+

सुटिङ भएकै गाउँमा प्रोजेक्टरबाट देखाइयो ‘दुई नम्बरी’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:४९

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ शुक्रबारदेखि हलमा तेस्रो सातामा प्रवेश गरेको छ । बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ ।

ग्रामीण कथावस्तुमा आधारित फिल्म सहरी मल्टिप्लेक्समा मात्र नभएर अर्धग्रामीण क्षेत्रका हलमा समेत रुचिकर बनेको छ । फिल्मले दोस्रो सप्ताहन्तसम्म ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाएको छ ।

यस्तोमा, निर्माताले छायांकन भएको थलो कास्कीको ल्वाङ गाउँ पुगेर गाउँलेलाई फिल्म प्रदर्शन गरेका छन् । आफ्नै गाउँलाई पर्दामा देख्न पाएपछि गाउँले प्रफुल्लित भएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

निर्देशक दीपेन्द्र लामालाई लिएर नेपाली ल्वाङ पुगेका थिए । दुई सयभन्दा बढी गाउँलेले प्रोजेक्टरमार्फत भित्ता ‘दुई नम्बरी’ हेरे ।

प्रस्तुतकर्ता नेपालीले भने, ‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो ।’

फिल्ममा बुद्धि तामाङ, उगेन छोदेन, उपासनासिंह ठकुरी लगायतको पनि अभिनय छ । ‘दुई नम्बरी’पछि निर्माता राजीव गुरुङ (दीपक मनाङे) र प्रस्तुतकर्ता नेपाली अर्को फिल्म ‘पोइ पर्‍यो बूढो’ निर्माणमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?