+
+

एनआईसी एशिया बैंकको डिजिटल एपबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १४:४१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्दा छुट र क्यासब्याक अफर ल्याएको छ । भाटभटेनीसहितका विभिन्न स्टोरमा सामान खरिद गरेपछि एनआईसी एशिया बैंकको मोबाइल एप, डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइने अफर दशैंमा लागु गरेको थियो । उक्त अफर अझै पनि जारी रहेको बैंकले जनाएको छ । यो अफर कात्तिक १५ गतेसम्म लागु हुनेछ ।

भाटभटेनी सुपरमार्केट लगायत अन्य २७ वटा मर्चेन्टमा यस्तो कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक पाइने बैंकले जनाएको छ । यसरी छुट अफर पाइनेमा सुपरमार्केटहरु, एयरलाइन्स, फुड डेलिभरी, इकमर्श प्लटेफर्मदेखि अन्य व्यावसायिक कम्पनीहरु रहेका छन् ।

बैंकका अनुसार सुपरमार्केटहरुमा भाटभटेनी सुपरमार्केट, सेल्सबेरी र साथीमार्टमा किनमेल गर्दा १० प्रतिशतसम्म छुट पाइन्छ । भाटभटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ । जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन् ।

बैंकका अनुसार यती एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको टिकट खरिद गर्दा एप वा वेबसाइटबाट बैंक साइबरसोर्स आइजीपी प्रणाली प्रयोग गरी ई–कमर्श भुक्तानी गर्दा ३ सय रुपैयाँ क्यासब्याक पाउन सकिनेछ ।

फूडमाण्डु र भोजडिलबाट खाना अर्डर गरेबापत एनआईसी एशिया बैंकको क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा ३५० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सीजी डिजिटल, बिग डिजिटल र त्रिवेणी ग्रुपबाट सामान किन्दा एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न गर्नेछन् । २५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दामात्र यो क्यासब्याक पाइने बैंकले जनाएको छ ।

आधा दर्जन इकमर्स प्लेटफर्मबाट सामान किन्दा पनि १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । ग्यापु, ठूलो डट कम, साझाडिल, यूजी केक्स र स्वाद सदनबाट सामान किन्दा डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त सुविधा उपभोग गर्न पाइने बैंकले जनाएको छ ।

इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जीबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्री, लस्कर फुड्स एण्ड डेलिभरीर ओखर स्टोरमा किनमेल गर्दा विशेष छुट उपलब्ध गराएको बैंकले जनाएको छ । यी स्टोरमध्ये इभो स्टोर र सामसङ प्लाजामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

नेपाल ट्रेड नेटवर्क (टिटान)मा १५ प्रतिशत छुट वा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध छ । अन्य स्टोरमा भने १५ प्रतिशत छुट वा ३ सय रुपैयाँ क्यासब्यक उपलब्ध रहेको छ । यो सुविधा लिनको लागि डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?