+
+

उम्मेदवार तोकेर भोट नदेऊ भन्न मिल्दैन

जो कोहीले पनि उम्मेदवारको अनुहार, उनीहरुको चिह्न अंकित फोटो काट्न र त्यसलाई प्रचारप्रसार गर्न पाउँदैनन् । आयोगले यही हदसम्म मात्रै चासो राखेर आचारसंहिता विपरीतका सामग्री हटाउन र त्यस्ता क्रियाकलाप नगर्न भनेको हो ।

शालिग्राम शर्मा पौडेल शालिग्राम शर्मा पौडेल
२०७९ कात्तिक ९ गते १९:२७

सामाजिक सञ्जालमा कुनै अभियान चलाएपछि त्यो कसले सञ्चालन गरेको हो प्रस्ट हुनुपर्छ । हिजो आयोगले विज्ञप्ति निकालेको विषयवस्तु (नो नट अगेन फेसबुक ग्रुप/पेज) का सन्दर्भमा यो अभियान कसले चलाएको हो, को को संलग्न छन् भन्ने थाह हुन सकेन । भोलि कथं कदाचित त्यहाँ गलत काम भयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ ।

आफूलाई मन परेका उम्मेदवारको प्रचारप्रसार गर्न जो कोही नागरिक स्वतन्त्र छन् । आचारसंहिताले उनीहरुलाई बन्देज लगाएको छैन भने उनीहरुले उम्मेदवारका बारेमा स्वच्छ बहस गर्न पाउँछन् । तर त्यसको नाममा द्वेषपूर्ण अभिव्यक्ति, दुष्प्रचार र लाञ्छना लगाउन पाउँदैनन् । कसैको चरित्र हत्या गर्न पनि पाउँदैनन् ।

कसैले पनि उम्मेदवारको अनुहार, उनीहरुको दलको चिह्न र निर्वाचन चिह्न काट्न (बेठीक चिह्न लगाउन) र त्यसलाई प्रचारप्रसार गर्न पाउँदैनन् । त्यसैगरी उनीहरुका बारेमा नचाहिने कुराहरुले लेख्ने र प्रचारप्रसार गर्न पनि मिल्दैन । आयोगले यो हदसम्म मात्रै चासो राखेर आचारसंहिता विपरीतका सामग्री हटाऊ र त्यस्तो क्रियाकलाप नगर भनेको हो ।

आयोगले सामाजिक सञ्जालका विषयवस्तु हेर्दा यस्तो गतिविधि देखिएपछि नेपाल प्रहरीको साइबर ब्यूरोलाई लेखी पठाएको थियो । यो काम कसले लेख्यो, किन यस्तो गर्‍यो भनेर पहिचान हुनुपर्ने भएकाले आयोगले साइबर ब्यूरोलाई लेखेर पठाएको हो । उनीहरुको पहिचान गर्न र यस्तो गलत सूचना नियन्त्रण गर्न के गर्नुपर्छ, तिमीले नै गर भनेका हौं ।

यस्ता सामग्री हटाउनुपर्ने हो भने तिमीले पहल गर भनेको हो । मेटा (फेसबुक सञ्चालन गर्ने कम्पनी) लाई लेखेर पठाउने हो भने पठाउनू भनेका छौं ।

‘नो नट अगेन’ नामको फेसबुक पेज र ग्रुपलाई मेटाऊ वा हटाऊ भनेका छौं । त्यसै नाममा २०–२५ ग्रुप खोलिन्छ भने एउटामात्रै पो आधिकारिक भयो, अरु त फेक भयो, हैन र ? आधिकारिक फेसबुक पेज वा समूह पहिचान खुलाएर आउनुप¥यो । लेख्ने मानिस म हुँ र यो समूहमा हामी छौं भनेर आउनुपर्छ । अमूर्त रुपमा जथाभावी लेख्नु हुदैन भन्ने आयोगको भनाइ हो ।

(निर्वाचन आयोगका प्रवक्ता पौडेलसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?