+
+

अफ्रिकी देशका शरणार्थीको सहयोगका लागि राष्ट्रसंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १२:४६

१० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ ।

पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण त्यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण छ ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरु बढ्ने क्रम जारी रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा सन् २०२० को तुलनामा शरणार्थी दोब्बर बढेका र उनीहरूको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

राष्ट्रसंघले हालैमात्र सरकारहरुले राखेका तथ्यांङ्कमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको थियो ।

प्रवक्ता डुजारिकले पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताए ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था थप अज्ञात तथा नाजुक बनेको बताए ।

सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसंघसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख छ ।

पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ । केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौंको सङ्ख्यामा विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?