+
+

कैलालीमा आगलागीबाट ६ पसल जले

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ८:५०

१३ कात्तिक, धनगढी । कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट ६ वटा पसल जलेको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका-१ मा रहेको चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युतको लाइन सर्ट भएर भएको आगलागीमा ६ पसल जलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आगलागीबाट दुई वटा किराना पसल, दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल र एउटा होटल जल्दा एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।

डीएसपी जोशीकाअनुसार स्थानीय बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान जलेर एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा दुई वटा फ्रिजलगायतका सामान जल्दा करिब १५ लाख, पारस सापकोटाको मोबाइल ग्यालरीका इलेक्ट्रोनिक समानलगायत जलेर १० लाखको क्षति भएको छ ।

हिमाल पुन मगरको मोबायल ग्यालरीको इलेक्ट्रोनिक समानलगायत जल्दा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र सोही ठाउँका टंकप्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतका समान जलेर ३० लाख बराबरको क्षति भएको डीएसपी जोशीले जानकारी दिए ।

शनिबार साँझ लागेको आगो नम्बर ४३ रिजर्भ गण बनबेहडाको टोली, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा अबेर राति मात्र आगो नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?