+
+

आईटीटीएफ लेभल टू प्रशिक्षण कोर्स सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १३:००

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आईटीटीएफ लेभल टू कोर्स सम्पन्न भएको छ ।

१० दिनको कार्यक्रमको सहभागीलाई मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले प्रशिक्षण दिएकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षण प्रशिक्षक विशेषज्ञ हुन् ।

यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको विश्वास संघले गरेको छ । कार्यक्रमपछि नेपालमा थप १३ लेभल टू प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’समेत प्राप्त गरेका छन् ।

अब नेपालमा कुल ११ अपग्रेड लेभल टू प्रशिक्षक भएका छन् । तिनीहरू लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् । लेभल टू प्रशिक्षकले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको हो । समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा यो खेलको विकासमा योगदान पुग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?