+
+

पर्सामा जुवाखालबाट ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १४:१४

१४ कात्तिक, पर्सा । प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-९ गहवा स्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- ८का ४० वर्षीय अशोक कुमार कानु, वीरगञ्ज महानगरपालिका-८ कै ३३ वर्षीय दिपलाल चौरसिया, वीरगञ्ज महानगलपालिका ७ का २५ वर्षीय अर्जुन तुरहा, वीरगञ्‍ज महानगरपालिका-१६ का ५० वर्षीय सानु शाही र वीरगञ्ज महानगरपालिका-५ का ४८ रमेश खड्‌गी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९३ हजार १५० नगद बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?