+
+

तनहुँमा एकीकृत समाजवादीका प्रदेश सभा उम्मेदवारको समर्थन एमालेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:१०

१४ कात्तिक, तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

उनले विज्ञप्ति निकालेर  प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।

तनहुँमा गठबन्धनका ६ जना उम्मेदवार हुँदा पनि गठबन्धनकै एक घटक उनले नेकपा एकीकृत समाजवादीले एक सिट पनि नपाएकोले विद्रोह स्वरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वले बारम्बार आग्रह गरेको बताउँदै उनले विज्ञप्तिमा लेखेका छन्, ‘कम्युनिष्ट विचार र मान्यताबाट अघि बढिरहेको सचेत कार्यकर्तालाई कांग्रेसको पिछलगु भइ हिँड्नु पर्ने कुनै कारण नभएको स्पष्ट पार्न चाहन्छु ।’

तनहुँ २ को १ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपाने उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?