+
+

धनुषाबाट वरिष्ठ सई घुससहित रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १९:३०

१७ कार्तिक, जनकपुरधाम । धनुषाबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।

धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो ।

चौधरीले सेवाग्राहीसंग चाहजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?