+
+

एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते २१:२७

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी आफ्नो चुनाव क्षेत्रमा केन्द्रित रहेको र जिल्लाहरुबाट पनि अध्यक्ष ओलीकै माग भएको भन्दै नेता रिजाल भन्छन्, ‘सबै प्रदेश र पहाड–तरार्ईलाई मिलाएर कम्तीमा ४० जिल्लामा अध्यक्षलाई लैजाने कार्यक्रम छ ।’

एमालेले चुनावी सभाहरु गरिरहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने योजनाविहीन देखिन्छ । २३ असोजमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा आवद्ध ५ दलले ७ वटै प्रदेशमा कार्यकर्ता भेला गरेको थियो ।

तर प्रचार सुरु भएपछि जिल्ला वा निर्वाचन क्षेत्रमा शीर्ष नेताहरुको उपस्थितिमा सभा गर्ने योजना छैन । कांग्रेसको निर्वाचन परिचालन समितिका प्रमुख गोपालमान श्रेष्ठ भन्छन्, ‘सभापति गृहजिल्लामा जानु भएको छ, अरु कार्यक्रम बनेको छैन । साथीहरुले बोलाएको ठाउँमा नेताहरु जानु होला ।’

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबै आफ्नै चुनाव क्षेत्रमा केन्द्रित छन् । महामन्त्री थापा काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवार छन् । उम्मेदवारी दर्तादेखि नै निर्वाचन क्षेत्रमा भेटघाट थालेका थापाले शुक्रबारदेखि घरदैलो अभियान थालेका छन् । थापाको निजी सचिवालयका अनुसार उनी कात्तिक २४÷२५ तिर केही जिल्लामा जाने तयारी छ ।

अर्का महामन्त्री शर्मा झापा १ मा केन्द्रित भएका छन् । उनले पनि अर्को साता केही जिल्लामा जाने तयारी रहेको बताए । उम्मेदवार नभएका केही नेताहरुलाई उम्मेदवारहरुले बोलाएर जाने गरेका छन् । तर पार्टीले योजना बनाएर सभा गर्ने र नेताहरुलाई खटाउने कुनै योजना नभएको नेताहरु बताउँछन् । एक पदाधिकारी भन्छन्, ‘सभाहरु भन्दा जनतासँग भेटघाट र सम्वादलाई जोड दिएका छौं । त्यसैले नेताहरु केही ठाउँमा जानेबाहेक अरु कार्यक्रम छैन ।’

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने शीर्ष नेताहरुले चुनावी सभाहरुमा लैजाने भएको छ । गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रसँगै अरु जिल्लामा पुग्ने कार्यक्रम पनि बनाएका छन् ।

स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड २२ गते कर्णाली, २३ गते सूदूरपश्चिम जाने छन् । २४ र २५ मा आफ्नो निर्वाचन क्षेत्र गोरखासहित गण्डकी प्रदेशका जिल्लाहरुमा जाने उनी २६ बाग्मती, २९ गते लुम्बिनी, ३० मा फेरि सुुदूरपश्चिम र ३१ मा मधेस जाने तयारी छ ।

भन्छन्, ‘आफ्नो पार्टीको साथीहरु प्रतिनिधिसभाको उम्मेदवार भएको ठाउँहरुमा सकेसम्म अध्यक्ष जानुहुन्छ ।’ प्रचण्ड जान नसकेका ठाउँहरुमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरु जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?