+
+

एमाले नगर उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:०५

१९ कात्तिक, वीरगञ्ज । नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नगर कमिटीका उपाध्यक्ष विरेन्द्र गिरी सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत एमाले छोेडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एकीकृत समाजवादीका नेता तथा बारा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?