+
+

गजेन्द राईलाई शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ कम्पिटिसनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:०५

१९ कात्तिक, काठमाडौं । शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ कम्पिटिसनको २२ किलोमिटर पुरुष दौडमा गजेन्द राई पहिलो भएका छन् ।

यो स्पर्धामा खड्गबहादुर खड्का दोश्रो र मोहनदेव जोशी तेश्रो भए । २२ किलोमिटर दौडमा २३२ जना सहभागी थिए ।

पहिलो भएका राईले १ लाख रुपैयाँ पुरस्कार पाए । यो स्पर्धामा १० औं स्थानसम्म पर्नेले नगद पुरस्कार पाएका छन् ।

१५ किलोमिटर महिला दौडमा भने मञ्जु राउत पहिलो भएकी छिन् । गीता विक दोश्रो र सुनकला राई तेश्रो भए । यो स्पर्धामा ४३ जना सहभागी थिए । राउतले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएकी छिन् ।

३० किलोमिटर साइक्लिङमा भने हिमाल टमटा पहिलो, लक्ष्मण मल्ल दोश्रो र कुमार तामाङ तेश्रो भए । साइक्लिङमा ९९ जना सहभागी रहेको आयोजक भवानी दल गणले जनाएको छ ।

पहिलो भएका सेनाका टमटाले ७० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । महिला दौड र साइक्लिङमा पाँचौ स्थानसम्म पर्ने खेलाडीले नगद पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?