+
+

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप र प्रणवको जोडी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १७:५९

२० कात्तिक, काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ को सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्नेछ । ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएको छ ।

यसै स्पर्धामा सन्तोष खत्री र सीमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेको छ । निरेश श्रेष्ठ र विजयमान तुलाधरको जोडी ‘रिटायर्ड हर्ट’ भएपछि सन्तोष र सीमान्तको जोडी फाइनल पुगेको हो ।

यू-८ गल्र्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेका छन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराइन् । साेही उमेरसमूहकाे ब्वाइजमा आर्यशराज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-१० ब्वाइजमा सुजन कुइँकेल र युभेनमान श्रेष्ठले फाइनलमा स्थान बनाएका छन् । यू–१० गल्र्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरेका छन् ।

यू-१२ गल्र्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाए । यही स्पर्धाकाे ब्वाइजतर्फ भने असभसम्राट हाडा, स्पन्दन उदास, अदिृत नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-९ ब्वाइजमा अरित मल्ल, सुजन कुइँकेल, अर्यश राज पौडेल र विश्वविशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । यू–९ गल्र्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजुले अन्तिम चारमा स्थान बनाएका छन् ।

यू-१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन् । यू–१४ गल्र्समा सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाएका छन् ।

४५ वर्ष माथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जनकुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?