+
+

कस्तो होला सीईओ न्यौपानेको दोस्रो इनिङ्स ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:५४

२१ कात्तिक, काठमाडौं । बैंकर रोशनकुमार न्यौपानेले एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि नियुक्त भएका छन् । नेपालकै कान्छो सीईओको रुपमा पहिलो कार्यकाल पुरा गरेका न्यौपाने ३८ वर्षमै एनआईसी एशियाको सीईओ बनेका थिए ।

सफल कार्यकाल पूरा गरेर दोस्रो इनिङ्सका लागि नियुक्ति भएका न्यौपाने रसुवाको एक मध्यमवर्गीय परिवारका व्यक्ति हुन् ।

न्यौपानेले सरकारी विद्यालयमै पढेका हुन् । प्राथमिक तहको अध्ययन रसुवाको बधशाला प्रावि र माध्यमिक तहको अध्ययन कालिका हिमालय माध्यमिक विद्यालयमा रसुवामा पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनले पीसीएल तहको अध्ययन (प्लस टु) कोटेश्वर बहुमुखी क्याम्पसमा पूरा गरेका थिए ।

सरकारी क्याम्पस शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे । त्यसपछि चार्टर्ड अकाउन्टेन्ट अध्ययन पूरा गरे ।

पढाई पूरा भएसँगै उनको जागिरे यात्रा सुरु गरेका थिए । बैंक अफ एशिया नेपालमा आन्तरिक लेखापरीक्षण अधिकृतमा नियुक्त भए । केही समयमा नै उनी बैंकको आन्तरिक लेखा परीक्षण विभागको प्रमुख बने । करिअर सुरु भएयता उनी कहिल्यै दोस्रो हुनु परेन ।

सन् २०१३ मा बैंक अफ एशिया नेपाल इण्डष्ट्रियल एण्ड कर्मसियल बैंक लिमिटेडसँग मर्ज भएर एनआईसी एशिया बैंक बन्यो । मर्जरपछि बनेको बैंकमा पनि उनले आन्तरिक लेखा परीक्षण विभागका प्रमुख, चिफ रिस्क अफिसर हुँदै उनी बैंकको सहायक सीईओ (विजनेस)मा नियुक्त भए ।

उनका लागि यो करिअर सुरु गरेको ९ वर्षमै पाएको सफलता थियो । न्यौपानेलाई सीईओ हुनका लागि पनि लामो समय कुर्नु परेन । बैंकिङ करिअर सुरु गरेको एक दशकमै ‘क’ वर्गको बैंकको कार्यकारी प्रमुख बने ।

बैंकले सन् २०१५ मा पञ्चवषर्ीय ‘रणनीति २०२०’ भन्ने योजना बनाएको थियो । ५ वर्षमा पूरा गर्नुपर्ने रणनीतिक कामहरू ३ वर्षमै अर्थात् २०१८ मै पूरा भयो । रणनीतिमा चाँडै सफलता मिलेपछि बैंकले पुनः भिजन २०१८-२२ शुरु गर्‍यो ।

भिजन बनाउनेले कार्यान्वयन गर्न सक्ने न्यौपानेकोे मान्यता अनुरुप ‘भिजन २०१८-२२’ को कार्यान्वयनमा पूर्णरुपमा सफल भएको बैंक व्यवस्थापनको दाबी छ ।

न्यौपाने प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित भएका छन् । मुलुकभरका सीईओहरुको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत उनी सम्मानित भए ।

न्यौपाने बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित व्यक्ति हुन् ।

कस्तो भयो पहिलो कार्यकाल ?

बैंकले २४ वर्ष पूरा गरेको छ । विराटनगरमा २०५५ साउन ५ गते क्षेत्रीय बैंकको रुपमा स्थापना भएको नेपाल इण्डष्ट्रियल एण्ड कर्मसियल बैंक र २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेड १६ असार २०७० मा मर्ज भएर एनआई सी एशिया बैंक बनेको थियो । दुई ठूला बैक मर्ज भएर बनेको बैंकले न्यौपानको नेतृत्वमा थप उचाइए लियो ।

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३/७४ मा बैंकको वासलातको आकारमा १०औं स्थान थियो । उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आवसम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ ।

सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार २.१८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आव २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्‍यायो । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो ।

त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ । आव २०७३/७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आवसम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पुर्‍याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आवको प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ ।

समग्र बैंकिङ क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्यो।

आव २०७३/७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आव २०७८/७९ सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ ।

पछिल्लो ५ वर्षको अवधिमा ग्राहकको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आव २०७३/७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आवसम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्‍याएको छ ।

कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आवसम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ ।

पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी छ । आव २०७३/७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ ।

इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुर्‍याएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ ६.६० गुणा र इन्टरनेट बैंकिङ १.६७ गुणाले वृद्धि भएको छ । क्यूआर मर्चेन्टहरुको संख्या १ लाख ५० हजार पुगेको छ ।

यो बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवम् विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २.२ गुणा, एटीएम २.२६ गुणाले वृद्धि भएको छ ।

आ.व. २०७३/७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११औं स्थानमा रहेकोमा गत आव २०७८/७९ सम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुर्‍याएको छ ।

यो अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १.९ गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ । आव २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्यो । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले वृद्धि भएको थियो ।

पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरेका सीईओ न्यौपानेको दोस्रो इनिङ्स कस्तो हुने हो भन्ने बैंकिङ क्षेत्रमा चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?