+
+

‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबार, सिनेमाघर एपमा रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १३:२९

काठमाडौं । कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ । रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ ।

एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् ।

गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । भारतसहित डायस्पोराबाट मात्र फिल्मले १० करोडभन्दा बढी कमाइ गरेको थियो ।

‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’ लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् । यसका लागि दुई वर्ष समय लाग्ने निर्माता तथा निर्देशक रामबाबु गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?