+
+

ब्याजदर वृद्धिको विरोधमा कालो कपडा लगाएर उद्योगी व्यवसायीको प्रदर्शन  

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:२१

२३ कात्तिक, विराटनगर । बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् । मनोमानी रुपमा बैंकले चर्काे ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा  उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसघंले बुधबार निकालेको जुलुसले बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो ।

बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी बनेको उनीहरुको भनाइ छ । चर्को ब्याजदरबारे  सरकारको ध्याकर्षण गराउन प्रदर्शन गरिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । प्रदर्शनमा उद्योगी व्यापारीसँगै सर्वसाधारण पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?