+
+

‘महापुरुष’ हिट भएपछि ‘महाजात्रा’ फिल्मको तयारीमा प्रदीप र रविन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:३३

काठमाडौं । व्यावसायिक हिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ निर्माण हुने भएको छ । षट्कोण आर्ट्सले आफ्नो पाँचौं प्रोजेक्टको रुपमा यो फिल्मको निर्माण तयारी थालेको छ ।

निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईले पटकथा लेखन कार्य भइरहेको जानकारी दिए । सन् २०१६ मा जात्राको पहिलो श्रृंखला रिलिज भएको थियो भने सन् २०१९ मा दोस्रो श्रृंखला ‘जात्रैजात्रा’ ।

निर्देशक भट्टराईले भने, ‘हाम्रा फिल्मलाई दर्शकले अत्यधिक रुचाइदिनुभएको छ । हामीलाई महाजात्रामा अझै उत्कृष्ट गर्नुपर्ने चुनौती छ । सोहीअनुसार तयारी गर्दैछौं ।’

प्रदीप निर्देशित पछिल्लो फिल्म ‘महापुरुष’ले अहिले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । फिल्मले ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । प्रदीपले कृतिमा आधारित फिल्म लूसहितका अन्य दुई प्रोजेक्ट निर्देशनको तयारी पनि गरेका छन् ।

निर्माता बानियाँले षट्कोण आर्ट्सले महाजात्रासहित अन्य तीन प्रोजेक्टमा काम गरिरहेको बताए । ‘कुन प्रोजेक्ट अघि जान्छ भन्ने कुरा तत्काल निधो छैन, तर महाजात्रा बनाउने हाम्रो तयारी हो,’ बानियाँले अनलाइनखबरसँग भने ।

प्रारम्भिक तयारीमा रहेको यो फिल्मले भविष्यमा कस्तो आकार लेला, त्यो पछिको कुरा हो । यद्यपि, दर्शकले हिट फिल्मको तेस्रो श्रृंखला चाहिं पक्कै हेर्न पाउनेछन् र यसको तयारी थालनी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?