+
+

बाग्मतीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते २०:३१

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचार संहितामा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नहुने उल्लेख छ । तर बागमती प्रदेश सरकारले ३० असोजमा दुई अध्यादेश जारी गरेको थियो ।

यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको ठहर गर्दै आयागले राजपत्रमा प्रकाशित नगर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?