+
+

त्रिविको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्न माग गर्दै क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १९:२८

२४ कात्तिक, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले छिटो नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु क्रान्तीकारीले नौ बुँदे ज्ञापनपत्रमा स्नातक तह प्रथम वर्षको १६ महिना अगाडी लिईएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारण सहित सात दिनभित्र प्रकाशित गर्नुपर्ने, स्नातक तेस्रो वर्ष र स्नातकोत्तर प्रथम सेमेष्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट उपलब्ध नभएकोले तत्काल उपलब्ध गराउनुपर्ने लगायतको माग राखेका छन् ।

त्यस्तैगरी परीक्षा प्रणाली एकदमै पुरानो र प्रविधिमैत्री नभएकोले तत्काल परीक्षा प्रणालीको विकास गर्न विज्ञ सहितको कार्यदल बनाई अगाडी बढ्नुपर्ने केन्द्रिकृत संरचनाले विद्यार्थीलाई सेवा सुविधा लिन झन्झटिलो भएको हुँदा सम्बन्धित क्याम्पसमै ट्रान्क्रिप्टको व्यवस्था गर्नुपर्ने, परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफर जस्ता सेवाहरु अनलाईनबाट आवेदन गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको माग राखेका छन् ।

एक हप्ताभित्रमा माग पुरा गर्न नसके विश्वविद्यालय र पनिकाका सम्पूर्ण पदाधिकारी असक्षम भएको घोषणा गरी सशक्त आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको माग अनुसार नतिजा प्रकाशित गर्ने प्रतिवद्धता जनाएको अनेरास्ववियुका संयोजक पवन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?