+
+
स्थलगत : चितवन :

रविलाई प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते २१:००

२५ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुरुमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न खोजेको स्वीकार गरेका छन् । तर क्याल्कुलेट गर्दा क्षेत्र नम्बर २ नै ठीक लागेर उम्मेदवार भएको उनले बताए ।

लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

चुनावी अभियानमा रहेका लामिछानेले अनलाइनखबरसँग कुरा गर्दै आफ्ना प्रतिस्पर्धीले के गरिरहेका छन् भन्ने धेरै ध्यान दिन नपाएको बताए । ‘म आफ्नै दौडमा छु । अरुले कसरी गरिरहनुभएको छ भन्ने ध्यान दिन पाएको छैन ।’

राजनीतिमा होमिएपछि चितवनबाट चुनाव लड्छु भन्ने रहेको तर, क्षेत्र नम्बर २ भने अन्तिम समयमा छनोट गरेको उनले स्वीकार गरे । भने, ‘सुरुमा ३ थियो, तर क्याल्कुलेट गरेर हेर्दा ३ होइन, २ सही हुन्छ भनेपछि २ मा आएँ ।’

३ चाहिँ प्रचण्डलाई छाडेको हो भन्ने प्रश्नमा उनले आफूले निर्णय गर्नुभन्दा पहिला नै प्रचण्डले गोरखा जाने निर्णय गरेको बताए । उनले हाँस्दै भने, ‘छाडेको होइन ।’

झण्डै एक दशकको तयारी गरेर राजनीतिमा आएको दाबी गरेका रविले ४ मंसिरको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ भन्ने चाहिँ आकलन गर्न चाहेनन् ।

यत्ति भने, ‘हिसाब गरेको छैन, तर राम्रो देखिन्छ ।’

अहिले नागरिकमा चरम निराशा रहेको भन्दै उनले राजनीतिमा आशा जगाउनुपर्ने बताए । पार्टीको विधानमा नै दुई कार्यकालको व्यवस्था रहेकाले उनले १० वर्ष सक्रिय राजनीति गर्ने र त्यसपछि सल्लाहकार वा त्यस्तै भूमिकामा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?