+
+

निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १३:२३

२८ कात्तिक, बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।

आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याडको बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७ जना नेपाल प्रहरी गरि ३ सय २८ जना महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।

कार्यस्थलमा महिनावारी हुँदा महिला सुरक्षाकर्मीलाई पर्न सक्ने अफ्ठ्यारोलाई सहज बनाउन र उनीहरुको मनोवल उच्च बनाउनको लागि सेनेटरी प्याड वितरण गरिएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ले बताइन् ।

‘३ सय २८ जनाको लागि ३ सय २८ प्याकेट प्याड र माक्स हस्तान्तरण गरेका छौं,’ जिसीले भनिन् ‘परिमाण थोरै भएपनि सकरात्मक सन्देश र सकरात्मक उर्जा पैदा गर्नको लागि यो कार्यक्रमको आयोजना गरेका हौ ।’

कार्यक्षेत्रमा खटिने महिला सुरक्षाकर्मीलाई समुदाय र यस क्षेत्रका सहकारी, व्यापारी व्यवसायी पनि सँगै रहेको अनुभुती दिलाउनको लागि सहकारीले प्रहरी र इन्सेकसँग सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले बताए ।

सहकारी र ट्रेडर्सले प्रदान गरेको प्याडसँगै जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनमा प्रत्येक मतदानस्थलमा प्राथमिक उपचार बक्स थप गरेर कार्यस्थलमा खटिएका प्रहरीलाई हस्तान्तरण गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्य सामग्री समेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताए ।

‘हेर्दा सानो कुरा होला तर यो निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि निकै राम्रो काम हो, गाउँ–गाउँमा खटिएका महिला प्रहरीलाई सुरक्षामा खटिएकै समयमा महिनावारी भएको खण्डमा सहयोग ठूलो राहत गर्नेछ’, ज्ञवालीले भने, ‘महिलाको स्वास्थ्यमा सजकता अपनाउदै सुरक्षालाई चुस्त बनाउन सबैको सहयोग आवश्यक हुन्छ, निर्वाचनमा खटिएका प्रहरीहरुको मनोवल उच्च सहकारीले निर्वाह गरेको समुदायप्रतिको चासोले ठुलो महत्व राख्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?