+
+

बारपाक सुलिकोटको माइकोट माविमा नेपाली सेनाले बनाइदियो घेरावार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १६:४८

२८ कात्तिक, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटथोक स्थित माइकोट माविको हातामा घेरावार लगाइएको छ ।

नेपाली सेनाको जनहित कार्यक्रम अन्तरगत ८ सय मिटर घेरावार लगाइएको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । कुल दश लाखको बजेटले बिद्यालय कम्पाउण्डमा घेरावार लगाइएको उनले जानकारी दिए ।

उक्त घेरावारको सोमवार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले घेरावार निर्माण भएसँगै विद्यालयको पठनपाठनमा समेत सहज भएको बताए ।

‘घेराबार नहुँदा कुकुर गाइवस्तु कक्षा भित्रै आउथे, तर अहिले त्यो समस्या छैन,’ उनले भने, ‘घेरावार भएपछि बिद्यालयको सम्पत्ति पनि सुरक्षित भएको छ ।’ मूल गेट भने आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णु भट्टले आगामी बर्षको बजेटमा गेट निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सुभप्रभात नेपाली, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?