+
+

२३ मंसिरमा ग्लोबल आईएमईको साधारणसभा, मर्जर सम्झौता पारित गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ११:३२

२९ कात्तिक, काठमाडौं । २८ कात्तिकमा बैंक अफ काठमाण्डुसँग मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेको ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मर्जर सम्बन्धी सञ्चालक समितिको प्रतिवेदनलाई पारित गर्ने विशेष प्रस्तावसहित २३ मंसिरमा साधारणसभा आह्वान गरेको हो ।

सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) को आधारमा तयार गरिएको १:१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको छ । ग्लोबल आईएमई बैंकले ३ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दा बैंकसँग मर्जर सम्झौता गर्न लागेको बैक अफ काठमाण्डुले भने ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । यस्तै अधिकृत पूँजी २५ अर्बबाट ५० अर्ब पुर्‍याउने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।

बैंकले मर्जर सम्बन्धी प्रक्रिया पुरा गर्न आवश्यक अन्य प्रक्रियाहरु पुरा गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसहित साधारणसभा बोलाएको हो । बैंकले साधारणसभा प्रयोजनको लागि ७ मंसिमा सेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । जसअनुसार ६ मंसिरसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन सक्नेछन् भने लाभांश पनि पाउनेछन् । हाल मर्जर सम्झौताका कारण २ असारदेखि कम्पनीको सेयर कारोबार बन्द रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?