+
+

यी हुन् अहिलेसम्मका विश्वकप विजेता, फाइनल पुगेर जित्न नसकेका ५ राष्ट्र

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ११:४८

काठमाडौं । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २(२ पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले भने समान १ पटक विश्वकप जितेका छन् ।

अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । जसमा ८ राष्ट्र च्याम्पियन बन्दा पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् । चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स क्रोएशियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहे ।

त्यसमा पनि नेदरल्याण्ड्सले तीन पटक फाइनल पुगेर उपाधि जित्न सकेको छैन । चेकोस्लोभाकिया र हंगेरी समान दुई पटक फाइनलमा पराजित भएका छन् । पछिल्लो पटक रुसमा २०१८ मा भएको विश्वकपमा क्रोएशिया उपविजेता बनेको थियो ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रत्येक ४(४ वर्षमा हुँदै आएको छ । दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल हुन सकेन ।

कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकपको २२औं संस्करण हो ।

यस पटक ४ पटकको च्याम्पियन छनोट हुन सकेन भने बाँकी ७ च्याम्पियनले कतारमा विश्वकप खेल्दैछन् । सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल सबै विश्वकप खेल्ने एक्लो राष्ट्र हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?