+
+

एनसेलले ल्यायो चुनाव केन्द्रित प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:४७

३० कात्तिक, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले निर्वाचन लक्षित प्याकेज ल्याएको छ । ग्राहक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अपडेटेड रहुन भन्ने उद्देश्यले विभिन्न डेटा र भ्वाइस प्याक सार्वजनिक गरेको एनसेलले जनाएको छ । एनसेल आजियाटा लिमिटेडले आफूले प्रदान गरेको प्याकले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने उल्लेख गरेको छ ।

आफ्ना सञ्चार सेवाका आवश्यकताका आधारमा, ग्राहकले दैनिक, साप्ताहिक वा मासिक प्याक छान्न सक्ने भएका छन् । ग्राहकले कर सहित रु ४८ मा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्ने समेत एनसेलले जनाएको छ । ग्राहकले ‘एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास’ डायल गरी यो प्याक लिन सक्ने भएका छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्ने समेत कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२२ह्यास’ डायल गरी यो प्याक सुचारु गर्न सक्ने भएका छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन् । यसैगरी २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले ‘एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२६ह्यास’ डायल गरि यो प्याक लिन सक्छन् ।

भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्ने कम्पनीको भनाइ छ । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुचारु गर्न सक्ने भएका छन् । ग्राहकले ‘एस्ट्रिक्स१७११८एस्ट्रिक्स३ह्यास’ डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइटमार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकले ‘एस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास’ डायल गरी प्याक सुचारु गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?