+
+

‘भ्वाइस अफ नेपाल’मा नकआउट प्रतिस्पर्धा : टीम राजेशबाट को-को लाइभ शोमा प्रवेश गरे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते ९:०१

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । गत साता टीम राजु र प्रमोदबाट ९ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् । शुक्रबार राति टीम राजेशका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो ।

जसबाट भूपेन्द्र रणपाल, पदम राई र सविना योङहाङ लाइभ शोमा प्रवेश गरेका छन् । सविना यो सिजनमा लाइभ शोभा प्रवेश गर्ने पहिलो महिला ट्यालेन्ट हुन् ।

आज (शनिबार) कोच प्रविशा अधिकारीको समूहबीच नकआउट प्रतिस्पर्धा हुँदैछ । आगामी शुक्रबार लाइभ शो सुरु हुँदैछ जहाँ दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्नेछन् ।

भ्वाइसको चौथो सिजन हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?