+
+

गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १४:१३

३ मंसिर, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।

गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका छौ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

यता गोरखा–१ को मतगणना स्थल पनि तयार भइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?