+
+

पक्राउ परेका एमाले कार्यकर्ता छाड्ने सहमतिपछि तनहुँको घिरिङमा मतदान सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ९:४४

४ मंसिर, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ ।

त्यहाँ साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् ।

पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?