+
+

पर्सामा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १९:०५

४ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने पोखरेलको भनाइ छ ।

४ वटा प्रतिधिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्ने गरी तयारी गरिएको छ भने क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।

‘क्षेत्र नम्बर १ र २ को मतपेटिका ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ को पोखरिया स्कुलमा संकलन गर्छौं,’ उनले भने, ‘मतपेटिका संकलन गरिसक्दा राति अबेर हुन्छ । मतगणनामा उम्मेदवारको प्रतिनीधि पनि राख्नुपर्ने हुन्छ । भोलि बिहान (सोमबार) सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ ।’

सुरुमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको मत गणना गरिनेछ । हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना स्थल तयारी अवस्थामा रहेको बताउँदै पोखरेलले आयोगले तोकेको प्रक्रिया पुरा गरेर सुरक्षित तरिकाले मतगणना गर्ने बताए । ‘मतगणना स्थल पूर्ण तयारी अवस्थामा छ । सीसी क्यामेरा र तारजाली लगाएका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?