+
+

बर्दिया २ मा रेशम चौधरीका बुवा ४ हजारभन्दा बढी मतान्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ६:१९

६ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले ४ हजार भन्दा बढी मत अन्तरले अग्रता कायम गरेका छन् । उनले १२ हजार ८८७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले ८ हजार २०२ मत पाएका छन् । चौधरी र पन्थबीचको मत अन्तर ४ हजार ६८५ छ ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौरले ४ हजार ६७८ र राप्रपाका उम्मेदवार विनय रावलले २ हजार ६३२ मत पाएका छन् ।

फराकिलो मतान्तर सहित अग्रता कायम गरेका लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि ‘व्याकअप’ उम्मेदवारको रुपमा रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले अघि सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?