+
+

दाङ-२ मा शंकरसँग मतान्तर बढाउँदै रेखा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:२६

६ मंसिर, काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् ।

नेकपा एमाले महासचिव पोख्रेल  शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् ।

१६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी छन् । उनले २ हजार ५६८ मत पाएका छन् ।

मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?