+
+

रुपन्देही ४ (ख) मा कांग्रेसका खाँ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ९:१२

७ मंसिर, बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसीउद्दीन खाँ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी भएका हुन् । खाँले ११ हजार ३ सय ५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले ८ हजार २ सय ६५ मत पाए भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए । खाँ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेकाले खाँलाई विजयी घोषणा भने गरिएको छैन । क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?