+
+

बर्दिया-१ बाट कांग्रेसका संजय गौतम निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २२:२९

८ मंसिर, बर्दिया । बर्दिया-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्‍मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्‍मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्‍याए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्‍याए ।

यस्तै जनमत पार्टीका उम्‍मेदवारसोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकासूर्यबहादुर सिंहले २ हजार २६६ मत र जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?