+
+
फ्राइडे रिलिज :

हलमा लाग्यो सलोन बस्नेतको फिल्म ‘मिलन’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ८:५२

काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा एक युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो ।

शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का र करण थापाको समेत अभिनय छ । सलोनका फ्यान र प्रेमकथामा आधारित फिल्म रुचाउनेलाई ‘मिलन’ मन पर्न सक्छ ।

यतिबेला हलमा नयाँ फिल्मको रिलिज नहुँदा यसलाई सोलो रिलिजको मौका छ । ‘महापुरुष’, ‘वाकान्डा फरेभर’ लगायत फिल्म पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?