+
+

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १८:४४

९ मंसिर, सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् ।

महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् ।

उनले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए । २०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?