+
+

रुपन्देही-२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २०:१३

९ मंसिर, रुपन्देही । रुपन्देही-२ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए ।

यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्‍मेदवार १ हजार २९ मत ल्याए ।

रुपन्देही-२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?