+
+

निधारमा ‘म चोर हुँ’ लेखेको मानिस चोरी गर्दागर्दै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १२:५६

काठमाडौं। २२ वर्षका एक युवकलाई केही वर्षअघि साइकल चोरी गर्दागर्दै मानिसहरुले पक्राउ गरेका थिए । रंगेहात समाएसँगै उक्त चोरको निधारमा मानिसहरुले ‘म एक चोर तथा हरुवा हुँ’ लेखेको टाटू बनाइदिए ।

सायद त्यति गरेपछि त्यो युवकले राम्रो सबक सिक्छ र चोर्न छाड्छ भन्ने मानिसहरुको आशा थियो । तर नानीमा लागेको बानी कहाँ जान्छ र ? ती व्यक्ति हालै एउटा घरमा चोरी गर्दागर्दै पुनः पक्राउ परेका छन् ।

यो घटना ब्राजिलको हो । निधारमा स्थानीइ भाषामा म चोर हुँ भन्ने टाटु बनाइएका युवकको नाम रुआन रोचा डा सिल्भा हो ।

समाचार अनुसार रुआनले आइतबार साओ पाओलोस्थित कोटियामा एक घरमा चोरी गर्नका लागि बाथरुमको झ्यालबाट भित्र छिरेका थिए, तर उनी पक्राउ परे ।

चोरी गर्ने कोसिसका क्रममा उनी घाइते पनि भएका थिए । गिरफ्तार भएपश्चात् उनको उपचार पनि गराउनु परेको थियो ।

यसअघि सन् २०१७ मा साइकल चोरी गर्ने क्रममा पक्राउ परेको बेला मानिसहरुले उनको निधारमा त्यस्तो टाटु बनाइदिएर भिडियो समेत खिचेका थिए । यति गर्दापनि उनको बानी छुटेन र एक पेशेवर चोर बने ।

सन् २०१८ मै उनी एक पसलबाट अत्तर चोर्दाचोर्दै पक्राउ परेका थिए र केही दिन जेलको हावा खाएका थिए । सन् २०१९ मा उनी कपडा चोरी गर्ने क्रममा पक्राउ परेभने त्यसपछि मोबाइल फोन चोरी गर्दा पक्राउ परे ।

रुआनले आफ्नो निधारमा रहेको टाटुको केही भाग उपचारको क्रममा मेटाएका थिए । तर उनले पूरै टाटु मेटाएका भने छैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?