+
+

पोल्याण्ड र लेवान्डोस्कीको ‘ह्याप्पी डिफिट’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:२६

१५ मंसिर, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले फ्यानहरूलाई चुम्बनसहित र टोलीका साथीहरूलाई अँगालो हालेर आफ्नो अनुहारमा ठूलो मुस्कान लिएर मैदान छोडे ।

उनको टोलीले विश्वकपको महत्वपूर्ण खेलमा अर्जेन्टिनासँग २-० ले हारेको थियो ।

यद्यपी साउदी अरेबिया मेक्सिकोसँग २-१ ले पराजित हुँदा सालेह अल्डावसरीले अन्तिम समयमा साउदीका लगि गोल गरेपछि अर्जेन्टिनासँग हारेर पनि पोल्याण्ड विश्वकपकको नकबउट चरणमा पुग्यो ।

साउदीको त्यो ढिला गोलले पोल्याण्डलाई समूह सी मा उपविजेता बन्न सहयोग गर्‍यो । मेक्सिको समान अंक भए पनि गोल अन्तरमा अगाडि रहेर पोल्याण्डले अन्तिम १६ मा फ्रान्ससँग भेट पक्का गर्‍यो ।

‘तपाईंले यो ह्याप्पी डिफिट ‘पराजयको खुसी’ भन्न सक्नुहुन्छ,’ खेलमा एक शट पनि प्रहार गर्न नसकेका लेवान्डोस्कीले भने, ‘हामीले खेलेको तरिकाबाट म सन्तुष्ट छैन । पक्कै छैन । हामी खेलबाट खुसी हुन सक्दैनौं ।’

खेलमा अर्जेन्टिना पोल्याण्डमाथि पूर्ण रुपमा हावी भएको थियो । जसमा फिफा प्लेयर अफ दि इयर लेवान्डोस्कीको पनि केही सीप लागेन ।

खेलमा अर्जेन्टिनाले गोलको २४ प्रयास गरेको थियो, १३ प्रहार लक्ष्यमा थियो । पोल्याण्डले तीन गोलका लागि प्रयासि गर्दा कुनै पनि लक्ष्यमा थिएन ।

‘हामी कुनै जोखिम लिन चाहँदैनथ्यौं र, तपाईंलाई थाहा छ, हामीले हाम्रो नतिजा हासिल गर्यौं किनभने हामी अर्को राउन्डमा पुग्यौं,’ लेवान्डोस्कीले मुस्कुराउँदै भने, ‘हामीले हारे पनि, हामी खुसी हुन सक्छौं ।’

पोल्याण्डका प्रशिक्षक चेस्लाव मिच्निविचले उनको टोलीमा आक्रमण कमजोर हुनु लेवान्डोस्कीको गल्ती नभएको बताए ।

‘म टोलीबाट कसैलाई आक्रमण गरिरहेको छैन, तर हामीले उसलाई गोल गर्न मद्दत गरेनौं,’ मिच्निविचले भने, ‘यदि मेस्सी (लियोनेल) हाम्रो लागि खेलेका थिए र रोबर्टले अर्जेन्टिनाको लागि खेलेका थिए भने पाँच गोल गर्थे । रोबर्टलाई गोलका लागि सहयोग आवश्यक थियो । खेल हाम्रो हाफमा मात्र खेलियो । उनलाई कभर गर्ने धेरै खेलाडी थिए ।’

पोल्याण्डले गोलकिपर वोज्सेज सेज्नीले पहिलो हाफमा मेसीको पेनाल्टीसहित खेलमा राम्रा बचाउ गरेका थिए । यस्तै कारोल स्वीडरस्कीले गोल लाइनबाट क्लियर गरेका थिए । यसले गर्दा पनि पोल्याण्ड फराकिलो हारबाट जोगियो ।

यद्यपि पोल्याण्डका खेलाडीहरूले मैदानमा पानीको बोतल छर्केर एकअर्कालाई जितेको जस्तो उत्सव मनाए । यो एक चिन्ताजनक प्रतीक्षा थियो ।

पोल्याण्डको खेल समाप्त भइसकेको थियो तर मेक्सिकोले साउदी अरेबियामाथि २-० को अग्रता बनाइरहेको थियो । मेक्सिकोले तेस्रो गोलको खोजीमा थियो । जसले गर्दा पोल्याण्ड बाहिरिन सक्थ्यो ।

मेक्सिकोले २-० ले जितेको अवस्थामा पोल्याण्ड र मेक्सिको दुबैको ४ अंक नै हुन्थ्यो । दुवैले दुई गोल गरे र दुई गोल खाएका थिए । मेक्सिकोका खेलाडीभन्दा कम पहेँलो कार्ड पाएका कारण मात्रै पोल्याण्डले अग्रता लिएको थियो ।

पोल्याण्डका डिफेन्डर बार्टोज बेरेस्जिन्स्कीले अनुहार छोपेका थिए । उनले तनाव सहन सकेनन् । त्यसपछि साउदी अरेबियाका लागि अल्दवसारीले गोल गर्दै मेक्सिकोको आशा समाप्त पारे ।

‘मलाई लाग्छ, यो पहिलो पटक हो कि मैले हार पछि तपाई खुसी हुन सक्नुहुन्छ भन्ने महसुस गरेँ’ लेवान्डोस्कीले भने ।

पोल्याण्ड स्टार अहिले नै फ्रान्सविरुद्ध आइतबार हुने अन्तिम १६ को खेलमा केन्द्रित हुनेछन् ।

‘विश्वकप जित्नका लागि उनीहरु दावेदार हुन् र हामीले पनि गुमाउन केहि छैन,’ आगामी खेलबारे लेवाण्डोस्की भन्छन्, ‘हामीलाई थाहा छ कि तिनीहरूसँग कस्तो प्रकारका खेलाडीहरू छन् तर हामीले यसको आनन्द लिनुपर्छ र आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । हामीले लड्नु पर्छ । …फ्रान्स एक ठूलो चुनौती हुनेछ र हामीले आज भन्दा राम्रो खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?