+
+

सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १२:४२

काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । १२औं वार्षिकोत्सवको अवसर पारी बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको हो ।

सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरी बैंकले उक्त अभियानको थालनी गरेको हो ।

नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले धनगढीमा उक्त अभियानको थालनी गरेकी हुन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल सुदूरपश्चिम अभियानलाई साकार पार्न डिजिटल ईको सिस्टमकै विकास गर्नु पर्ने बताए ।

डिजिटल पेमेन्ट सिस्टमबाट ग्राहकहरुले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटल माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्च विवरणको समीक्षा गरेर फजुल खर्च घटाउन मद्दत पुग्ने बैंकले बताएको छ ।

सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशका दुर्गम भेगमा विस्तार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?