+
+

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १४:२०

काठमाडौं । हाम्रो पात्रो रेमिटले १ वर्ष पूरा गरेको छ । यो अवधिमा हाम्रो पात्रो रेमिटमार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ ।

मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीईओ सुदिना गौतमको भनाइ छ ।

पछिल्लो ३ महिनामा ५० कराेड रुपैयाँ रेमिट्यान्स भित्र्याएकाे हाम्राे पात्राे रेमिटले गत महिनामा मात्रै २० कराेड रुपैयाँ रेमिट्यान्स भित्राएको कम्पनीले जनाएको छ ।

अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ ।

कम्पनीका सीईओ सुदिना गौतमले अमेरिकापछि अष्ट्रेलियामा छिट्टै यो सुरु हुने बताए ।

हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । अहिले डिजिटल वालेट “हाम्रो पे” भने सार्वजनिक हुने अन्तिम चरणमा रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?