+
+

एक पुरुष र दुई महिलाको अनौठो जोडी, थाइल्याण्डमा मस्ती गर्न अर्को पुरुषको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:०६

काठमाडौं । अमेरिकामा एउटा अनौठो घटना भएको छ । एकजना युवकले आफ्ना दुईवटी प्रेमिकासँग एकै पटक बिहे गरेका छन् । बिहेपछि तिनैजनाको सम्बन्ध सुखपूर्ण देखिन्छ ।

अझ अनौठो त के भने जब यी तिनैजना कतै छुट्टी मनाउन जान्छन् तब दुई पत्नीहरुले आफ्ना पतिलाई अरु बाहिरी महिलासँग रोमान्स गर्ने छुट दिन्छन् ।

यस्तो तिनजना लोग्नेस्वास्नीको जोडीलाई थ्रपल भनिन्छ । उनीहरुको नाम जिम्मी सिल्भा, चाचा वा वूम र समर पेल्टियर हो ।

उनीहरुले हालै इन्स्टाग्राममा आफुहरु आसन्न छुट्टी मनाउनका लागि थाइल्याण्ड जाने योजना बनाएको भन्दै आफुहरुको उक्त भ्रमणमा कुनै दोश्रो पुरुषलाई पनि लैजान चाहेको बताएका छन् ।

उनीहरुले लेखेका छन्: थाइल्याण्डमा मस्ती गर्नका लागि हामीले हाम्रो साथमा कुनै अन्जान मानिसलाई पनि लैजान चाहन्छौँ । को तयार छ ? हामीले भ्रमणको योजना बनाइरहेका छौँ ।

उनीहरुको इन्स्टाग्राम पोष्टलाई अहिलेसम्म सयौँले लाइक गरिसकेका छन् र कैयन्ले उक्त त्रयी जोडीसँग थाइल्याण्ड जाने इच्छा व्यक्त गरेका छन् ।

चचा वा वूम र जिम्मी एक दशकभन्दा धेरै समयदेखि प्रेम सम्बन्धमा थिए । स्कुलमै चिनाजानी भएका उनीहरु २० वर्ष नपुग्दैबाट डेट जान सुरु गरेका थिए । चाचा समलिंगी(बाइसेक्सुअल) हुन् ।

उनी आफूहरुको त्यो सम्बन्धमा तेश्रो मान्छेलाई पनि सामेल गराउन चाहन्थे । त्यहीँबेला समरसँग उनीहरुको भेट भयो । अन्ततः उनीहरु एक आपसमा प्रेम गर्न थाले र सन् २०१९ को अप्रिलमा उनीहरुले तिनैजना सँगै बस्ने निर्णय गरे । तिनैजनाले सन् २०२० को फेब्रुअरीमा एक अर्कासँग बिहे गरे ।

जिम्मी ३४ वर्षका छन् भने चाचा ३२ र समर २८ वर्षका छन् । आफ्ना दुई पत्नीहरुले एकसाथ बच्चा पाउन् भन्ने जिम्मी चाहन्थे तर त्यस्तो भएन । चाचाले सन् २०२१ को जून महिनामा पहिलो बच्चा जन्माइन् । समर अहिले गर्भवती छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?