+
+

सर्वकालीन १०० महान् फिल्मको सूची सार्वजनिक, ‘जीन डिलम्यान’ शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ११:४१

काठमाडौं । प्रतिष्ठित बेलायती म्यागजिन साइट एण्ड साउण्डले संसारका सर्वकालीन १०० महान् फिल्मको सूची सार्वजनिक गरेको छ ।

सर्वेक्षणका आधारमा तयार पारिएको सूचीको पहिलो स्थानमा बेल्जियमका निर्देशक चान्टल एकेरम्यानको सन् १९७५ को ड्रामा ‘जीन डिलम्यान’ छ । यी सूचीमा एउटा मात्रै भारतीय फिल्म परेको छ, सत्यजीत रेको ‘पथर पाञ्चाली’ ।

सन् १९५२ मा स्थापना भएको साइट एण्ड साउण्डले प्रत्येक दशकमा एक पटक सर्वेक्षण जारी गर्छ । यसपटकको सर्वेक्षणमा १ हजार ६३९ जना समीक्षक, प्रोग्रामर, क्यरेटर, अभिलेखविद् र शिक्षाविद् सहभागी थिए जसले १० वटा मतपत्र बुझाएका थिए ।

सन् १९५२ मा पहिलोपटक सर्वेक्षण घोषणा गर्दा भिटोरियो डे सिकाको ‘बाइसाइकल थिभ्स’ शीर्षस्थानमा थियो । त्यसपछि ओरसन वेल्सको फिल्म ‘सिटिजन केन’ सन् १९६२, १९७२, १९८२, १९९२ र २००२ मा सूचीको शीर्षस्थानमा पुगेको थियो ।

सन् २०१२ मा घोषित भएको पछिल्लो सर्वेक्षणमा अल्फ्रेड हिचकको ‘भर्टिगो’ शीर्षस्थानमा थियो । सत्यजीत रेको ‘पथर पाञ्चाली’ अपु त्रयीको पहिलो भाग हो, जुन ३५ औं स्थानमा सूचीकृत थियो । सूचीमा परेको यो एक मात्र भारतीय फिल्म हो ।

‘पथर पाञ्चाली’बारे म्यागजिनले लेखेको छ, ‘यो फिल्मले बलिउडको व्यावसायिक उत्पादनभन्दा भिन्न रुपमा कोलकाता केन्द्रित मानवतावादी कला सिनेमाको प्रतिनिधित्व गर्न सक्यो । फिल्मको सबैभन्दा मन छुने दृश्य भनेको अपु (सवीर बनर्जी) र उसकी बहिनी गुडिरहेको रेलको एक झलक हेर्न धानको खेततिर दौडन्छन् ।’

यी हुन् सूचीका १० महान् फिल्म :

१) जीन डिलम्यान

२) भर्टिगो

३) सिटिजन केन

४) टोकियो स्टोरी

५) इन द मुड फर लभ

६) २००१ : अ स्पेस ओडिसी

७) ब्यु ट्राभेइल

८) मलहोलन्ड ड्राइभ

९) म्यान विथ अ मुभी क्यामेरा

१०) सिङ्गिङ इन द रेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?