+
+

टीटूकेसँगै डीआरएस पनि पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १२:१५

१९ मंसिर, काठमाडौं । नेपाली टोली डीआरएस गेमिङ जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा पुगेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी नेपालको अर्को टिम ट्रेण्ड टु किल (टीटूके) यसअघि नै फाइनलमा पुगिसकेको छ ।

मलेसियामा भएको प्रतियोगितामा डीआरएस समूह चरणबाट सिधा छनोट हुन असफल भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका ४८ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । १६ टिम रहेको समूहमा शीर्ष तीन स्थानमा रहने टोलीले सिधै फाइनल चरणमा प्रवेश पाउँछ । टीटूके यसरी फाइनल चरणमा पुगेको हो ।

अर्को समूहमा रहेको डीआरएस भने समूह चरणमा पाँचौं भएपछि सिधा छनोट हुन सकेन । सिधा छनोट हुन चुकेका समूहमा चौथोदेखि ११औं स्थानमा रहेका टिमबीच सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै पाँच टिमले फाइनल चरणमा स्थान बनाएको हो ।

सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस ११४ अंकसहित सातौं भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिप खेलिरहेको नेपालको तेस्रो टिम स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

१६ टिम सहभागी लास्ट चान्स चरणमा पाँच टिम फाइनल चरणमा पुग्दा डीआरएस १११ अंकसहित चौथो भएको हो ।

योसँगै विश्व च्याम्पियनसिपको फाइनल चरणको समीकरण पूरा भएको छ । यो चरणमा १६ टिम हुनेछन् । समूह चरणबाट सिधा आएका ९ टिम (तीन समूहका ३÷३ टिम), सर्भाइभलहुँदै लास्ट चान्सबाट आएका ५ टिम र आयोजकले सिधा आमन्त्रण गरेका २ टिमले फाइनल चरण खेल्नेछन् ।

अहिलेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजित विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु सन् २०२३ को जनवरी ६ देखि ८ सम्म इण्डोनेसियाको जाकार्तामा सञ्चालन हुनेछ ।

समूह चरणमा पाँचौं भएको डीआरएसले २१ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । सर्भाइभल चरणमा सातौं हुँदा २० हजार डलर र लास्ट चान्समा चौथो भएपछि २२ हजार डलर पुरस्कार पाएको छ । फाइनल चरणको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?