+
+

स्वस्थ भएर ‘मेरी बास्सै’मा फर्किए रामचन्द्र अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १३:२५

काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । अस्वस्थ भएपछि सिरियलबाट केही समय बाहिरिएका उनी पछिल्लो एपिसोडमा देखिने भएका छन् ।

यसैसाता काठमाडौंमा गोतामथोकमा भएको छायांकन सेटमा अधिकारी सहभागी भए । सिरियलका अन्य कलाकारले फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरे ।

आफू ‘मेरी बास्सै’मा फर्किएको जानकारी दिन सार्वजनिक गरिएको भिडियोमा अधिकारीले पहिलेजस्तै सक्रिय भएर काम गर्ने बताएका छन् । आफ्नो स्वास्थ्यको कामना गर्ने दर्शकप्रति उनले आभार व्यक्त गरेका छन् ।

सिरियलका निर्माण नियन्त्रक लेखान्त भुसालले कलाकार अधिकारी निरोगी भएर सिरियलको छायांकनमा फर्किएको जनाए ।

‘उहाँ स्वस्थ्य भएर दुई महिनापछि फर्किनुभएको छ । विहीबार प्रसारण हुने ७८४ भागमा उहाँलाई काजीको रोलमा हामीले हेर्न पाउँछौं,’ भुसालले अनलाइनखबरसँग भने । रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको रोलमा पाका कलाकार मुकुन्द श्रेष्ठ पनि भित्रिएका थिए ।

तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् । कथाले मागेअनुसार उनलाई पनि आगामी श्रृंखलामा निरन्रतरता दिने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?